SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

ढल्केवरको ट्रमा सेन्टर योजना अन्यत्रै सारिएको भन्दै चर्कियो आन्दोलन

ढल्केवर(धनुषा) : धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्यत्रै सारिएको भन्दै आन्दोलन चर्किएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि विवाद चर्किएको हो ।