SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

हाई प्रोफाइल पक्राउ : अनुसन्धान छ, प्रमाण छैन

काठमाडौं : जिल्ला अदालत भक्तपुरले व्यवसायी दुर्गाप्रसाद प्रसाईंमाथि अनुसन्धान गर्न पक्राउ गर्नै पर्ने आवश्यकता नरहेको ठहर गर्‍यो। प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबारको अभियोगमा पक्राउ गरेको २४ घण्टामै अदालतले उनलाई रिहा गर्‍यो। रिहा भएलगत्तै प्रसाईंले सञ्चारकर्मीसामु भने, ‘मलाई थुन्नुभन्दा पहिले ममाथि लगाइएका आरोपहरूको प्रमाणसहित खण्डन गर्न गृहमन्त्रीलाई चुनौती दिन्छु।