काठमाडौंमा होटेल–रेष्टुरेन्टलाई प्रशासनको कडा निर्देशन, धुम्रपान क्षेत्र कानुनअनुसार व्यवस्थित गर्न आग्रह
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटेल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन दिएको छ । बुधबार सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र सञ्चालित होटेल तथा रेष्टुरेन्टहरूलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।
