शेख हसिनाको पत्रकार सम्मेलनपछि पूर्व क्रिकेट शाकिबको घरमा किन भयाे आकमण ?
नयाँ दिल्ली : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतमा रहेर प्रत्यक्ष रूपमा सञ्चारमाध्यमसँग कुराकानी गर्ने अनुमति दिइएको विषयलाई लिएर बंगलादेश सरकारले कडा आपत्ति जनाएको छ। बंगलादेश सरकारले उक्त कार्यक्रममार्फत हसिना र उनका सहयोगीहरूले बंगलादेशी राज्य र त्यहाँका जनताको उपहास गरेको बताएको छ।यसैबीच, उक्त भर्चुअल पत्रकार सम्मेलनमा बंगलादेशका पूर्व क्रिकेट कप्तान शाकिब अल हसन सहभागी भएको देखिएपछि बुधबार राति उनको निवासमा आक्रमण भएको छ।
