अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण : ‘संसदीय अधिकार कि क्षेत्राधिकारको उल्लंघन ?’
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले क्षेत्राधिकार नाघेर तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ।समितिले एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण लिन सरकारलाई निर्देशन दिएको हो। उसले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन सरकारलाई भनेको छ।
