SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

चाडपर्वमा चिनी अभाव हुने संकेत

काठमाडौं : बडादसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा यस वर्ष पनि बजारमा चिनीको अभाव हुने संकेत देखिएको छ। भारतबाट चिनी आयातका लागि प्राप्त कोटाअन्तर्गत अधिकांश परिमाण अझै नेपाल भित्रिन नसकेकाले चाडपर्वको समयमा आपूर्ति प्रभावित हुने चिन्ता बढेको हो।भारत सरकारले १८ सेप्टेम्बर २०२५ मा नेपालका लागि २५ हजार टन चिनी निर्यात गर्न स्वीकृति दिएको थियो। तर हालसम्म नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यसमध्ये एक हजार टनमात्र आयात गरेको छ।