राजनीतिक संकटमा इन्फान्टिनो
एजेन्सी /जुरिच: विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो अहिले आफ्नो एक दशक लामो कार्यकालकै सबैभन्दा ठूलो राजनीतिक संकटसँग जुधिरहेका छन्।विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई निजी लगानीकर्तासँग जोड्ने ‘फिफा फरवार्ड इन्टरप्राइज योजना’ (एफएफई) ले विश्व फुटबलमा तीव्र विवाद निम्त्याएपछि उनीमाथि राजीनामाको दबाब बढेको छ।
