SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेश सरकारमा भागबन्डा नमिल्दा मन्त्री नियुक्ति अन्योल

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकार गठन प्रक्रियामा नेकपा र एमालेबीच भागबन्डा नमिल्दा मन्त्री नियुक्ति अन्योल बनेको छ। केन्द्रको सहमतिअनुसार नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री त बने। तर मन्त्री नियुक्ति प्रक्रिया भने अन्यौलमा छ।नेकपा एमालेले चार मन्त्रालयको दाबी गर्दा नेकपाले दुवै दलले तीन–तीनवटा मन्त्रालय लिनुपर्ने अडानमै छ। प्रदेशमा राजनीतिक सहमतिभन्दा बढी भागबन्डाको अंकगणितमा अल्झिएको छ।