SHARE
अन्नपूर्ण · बिहीबार २१ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

अचाक्ली महँगियो  दैनिक उपभोग्य वस्तु

काठमाडौं : दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष असर न्यून तथा मध्यम आय भएका परिवारमा परेको छ। विशेषगरी दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई दाल, चामल, पिठो, चिनी, तेललगायत अत्यावश्यक वस्तुको मूल्यवृद्धिले दैनिक खर्च धान्नै कठिन हुन थालेको छ।उपभोक्ता अधिकारकर्मीहरूका अनुसार मूल्यवृद्धिको प्रमुख कारण वर्तमान सरकारमात्र नभई अघिल्लो सरकारका केही नीतिगत निर्णय पनि हुन्।