एलपी ग्यासको अभाव हुन नदिन बारा प्रशासनले जारी गर्यो ९ बुँदे निर्देशन
सिमरा : बारामा खाना पकाउने एलपी ग्यासको बिक्री(वितरणलाई सहज र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले बुधबार साँझ ९ बुँदे निर्देशनात्मक सूचना जारी गरेको छ। बजारमा ग्यासको कृत्रिम अभाव भएको र व्यापारीले मनपरी गरेको भन्दै उपभोक्ताको गुनासो बढेपछि प्रशासनले सूचना जारी गरेको हो।
