कप्तानगन्ज घटनापछि सुनसरीमा ३ जनाको मृत्यु, ६९ सवारीसाधन र ११२ सर्वसाधारणको सम्पत्तिमा क्षति
सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि जिल्लाभर ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार घटनामा हालसम्म ४० जना घाइते भएका छन् भने ३ जनाको मृत्यु भएको छ।डीएसपी खड्काले दिएको क्षति विवरणअनुसार घाइतेमध्ये १२ जना उपचाररत छन् भने २५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा ६९ वटा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ।
