SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

काठमाडौं : जापानको आइची/नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन्। ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा ३२ प्रशिक्षक सहभागी हुनेछन्।