SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भनिन्- २०२४ को विद्यार्थी आन्दोलन शान्तिपूर्ण थिएन

काठमाडौं : पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेशको विद्यार्थी राजनीति शान्तिपूर्ण नभएको बताएकी छन्। सन् २०२४ को जुलाईदेखि अगस्टसम्म भएको आन्दोलन शान्तिपूर्ण नभएको उनको दाबी छ।दिल्लीबाट सञ्चारमाध्यमसँग भर्चुअल संवाद गर्दै हसिनाले पछिल्ला दुई वर्षमा आफूले ‘आफ्नो प्रिय बंगलादेशले ठूलो पीडा भोगिरहेको’ देखेको बताइन्। उनले भनिन्, ‘हामीले निर्माण गरेको बंगलादेश अहिलेको बंगलादेश होइन। सन् १९७१ मा ३० लाख मानिसले बलिदान दिएको देश पनि यो होइन।