गठन भयो ‘जय नेपाल पार्टी’ : दुर्गा प्रसाईं सर्वोच्च नेता, धवल शमशेर सभापति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवल शमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन् । उनीहरूले पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखेका छन् । नवगठित पार्टीको सभापतिमा डा. धवल शमशेर जबरा र सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहने निर्णय गरिएको छ ।
