SHARE
पर्दाफास · बुधबार २० साउन २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान नपाएका युवाहरूको पीडा सुन्न सरकारलाई आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया रोजगारीमा जान नपाएको युवाहरूको पीडा सरकारले सुन्नुपर्ने बताएका छन् । बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा यस्तो बताएका हुन् ।