न्यायाधीशलाई दबाब दिएको भन्ने अन्तर्राष्ट्रिय संस्थाको दाबीप्रति सरकारको आपत्ति
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दबाब दिइएको भनी केही अन्तर्राष्ट्रिय संघसंस्थाहरूले सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएकी छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले उक्त दाबीको सत्यता र आधारमाथि प्रश्न उठाएकी हुन् ।
