SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

अर्थ समितिमा गभर्नर र सञ्चालक समितिको पदावधिबारे छलफल

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बुधबार पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । सिंहदरबारमा बसेको बैठकमा विधेयकमा उल्लेख गभर्नर र सञ्चालक समितिको पदावधिका बिषयमा छलफल भएको हो । बैठकमा केहि सांसदहरुले गभर्नर र सञ्चालक समितिको पाँच वर्षे पदावधि यथावत् राख्नु पर्ने धारणा राखेका थिए भने केहि सांसदहरुले चार वर्ष कायम गर्नुपर्ने सुझाव दिएका थिए।