SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

विपद् तथ्यांक : सबैभन्दा बढी मृत्यु सर्पको टोकाइबाट

काठमाडौं : पछिल्लो समय मुलुकमा भित्रिएका विभिन्न विपद्का घटनामध्ये सर्पको टोकाइबाट सबैभन्दा धेरै मानवीय क्षति भएको छ। वर्षा सुरु भएसँगै दैनिक रूपमा बढ्दै गएको सर्पदंशका कारण देशका ६४ जिल्लामा हालसम्म ५५ जनाले ज्यान गुमाइसकेका छन् भने ७ सय १ जना घाइते भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सरकारी प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार मुलुकभर हालसम्म कुल ७ सय ५१ पटक सर्पदंशका घटना घटेका छन्।