SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

दाङमा ५५ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ : दाङका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । साउन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको विशेष अप्रेसनका क्रममा  हातहतियार बरामद गरिएका जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत खोजी अभियान चलाएको थियो ।