SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं : एलपीजी ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम गठन गरेको छ। ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको निगमले जनाएको हो।क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मङ्गल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी,  ग्यास उधोगबाट  आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।