SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

रेडक्रसको अनियमितता छानबिन समितिले नै पाएन पुराना प्रतिवेदन

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीको अनियमितताबारे छानबिन गर्न गठित समितिले नै पुराना प्रतिवेदनका फाइल पाउन नसकेको खुलेको छ। मंगलबार पत्रकार भेटघाट कार्यक्रममा छानबिन समितिका संयोजक डा. दीपेश घिमिरेले पुराना प्रतिवेदन पाउन नसकेको खुलासा गरेका छन्।