SHARE
अन्नपूर्ण · बुधबार २० साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

सत्ता सहकार्य फेरिएपछि एमालेमा रडाको

काठमाडौं : कांग्रेस–एमाले गठबन्धन भत्किएर एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता सहकार्य बनेसँगै प्रदेश सरकार पुनर्गठनमा रस्साकसीबीच सुरु भएको छ।सत्ता बाँडफाँटभन्दा ठूलो चुनौती मुख्यमन्त्री चयन बनेको छ। बागमतीदेखि कोशी र लुम्बिनीसम्म एमालेभित्रै चर्को शक्ति संघर्ष देखिएको छ भने नेकपाले नेतृत्व गर्ने प्रदेशहरूमा पनि आकांक्षी नेताहरूबीच प्रतिस्पर्धा तीव्र छ।