SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश, थुनामुक्त भने नहुने

काठमाडौं : विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो।विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अधिकारीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो।