सुकुम्बासी र भूमिहीनको समस्या समाधानका लागि सात दिनभित्र स्पष्ट कार्ययोजनाको माग
नेपाली काँग्रेसका सांसद भीष्मराज आङदेम्बेले सुकुम्वासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग सात दिनभित्र एकीकृत कार्य योजना माग गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ प्रस्तुत गर्दै उनले सुकुम्वासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गरे ।
