SHARE
पर्दाफास · मङगलबार १९ साउन २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

कांग्रेसले भन्यो- ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले जवाफ देओस्’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीसहित मधेसी जिल्लामा भएको धार्मिक तनावको घटनामा नागरिकको ज्यान जानेगरी प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै नेता आङ्देम्बेले सरकारसँग उक्त प्रश्नको चित्तबुझ्दो जवाफ माग गरेका हुन् ।