SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

रास्वपा सुदूरपश्चिमका सांसदहरूले प्रधानमन्त्रीसँग राखे यी माग

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छलफल गरेका छन्। छलफलका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।