SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

सेयर बजारमा उच्च अंकको गिरावट,कारोबार रकम घट्यो

काठमाडौं : सेयर बजारमा उच्च अंकले गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा अडिएको छ।  नेप्से घटेसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा कमी आएको छ।सोमबार परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा अडिएको थियो। सो दिन ४ अर्ब ५७ करोड मूल्य बराबरको कारोबार भएको थियो। यसदिन ३४३ वटा स्क्रिप्सको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ५९ वटा स्टक्सको मूल्य बढ्दा २१३ वटाको घट्यो।