देशमा ठूलो संकट टरेको छ : जगदीश खरेल
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले देशमा ठूलो संकट टरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खरेलले संकटका बेला सबै नेपाली एक ठाउँ आउने विगतदेखिकै इतिहास रहेको बताउँदै उनले पछिल्लो समय तराई–मधेसमा देखिएको समस्या सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरेको दावी गरे ।
