SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

नदी ठेक्कामा करिब डेढ करोडको हिनामिना,गढुवाका तत्कालीन अध्यक्षसहित पाँचजनाविरुद्ध मुद्दा

काठमाडौं : दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत गरी पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष अहिर,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,तत्कालीन राजश्व शाखा प्रमुख शम्भु चौधरीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।