SHARE
पर्दाफास · मङगलबार १९ साउन २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

ओलीसँग बोल्दा बोल्दै ढले जगन्नाथ थपलिया

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री चयनको विषयमा भएको आन्तरिक छलफलका क्रममा अचेत भएका छन्। सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा भएको बैठकमा राजीनामा गर्न तीव्र दबाब परेपछि थपलिया बोल्दाबोल्दै ढलेको स्रोतहरूले बताएका छन्। स्रोतका अनुसार साँझ ७ बजेदेखि सुरु भएको बैठक मध्यरातसम्म चलेको थियो।