SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

सरकारले आन्दोलनरत पक्षसँग गरेको १३ बुँदे सहमति गम्भीर विषय : निश्कल राई

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले शान्ति भनेको कर्फयु हटाउनु र सडक खोल्नु मात्र नभएको बताएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा सुनसरी घटनाको सन्दर्भ निकाल्दै सांसद राईले नागरिकको मनबाट डर हटाउनु र न्यायप्रति विश्वास जगाउनु र एक समुदायले अर्को समुदायलाई पुनः छिमेकीको रुपमा हेर्न सक्नु भएको बताएका छन् ।उनले सरकार र आन्दोलनरत एउटा पक्षबीच भएको १३ बुँदे सहमतिले गम्भीर प्रश्न उठाएको बताए ।