SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे सुरु छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल जारी छ ।प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल छन् । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन् ।