SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

राष्ट्र बैंकलाई राजनीतिक भर्तीकेन्द्र बनाउन हुँदैन : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एक जना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटाएको छ । मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा ९ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रुपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो ।बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थामा विविधीकरण हुनु राम्रो भए पनि धेरै मानिस थप्दा व्यक्तित्वहरूको टकराव हुने जोखिम रहने बताए ।