विकासको मूल्य धुलो होइन, स्वच्छ वातावरण
काठमाडौं उपत्यका नेपालको राजधानीमात्र होइन, देशको विकास, आर्थिक गतिविधि, प्रशासनिक निर्णय र सहरीकरणको केन्द्र पनि हो। विगत दुई दशकयता यहाँ सडक विस्तार, खानेपानी आयोजना, ढल प्रणाली, विद्युत् तथा सञ्चारका तार भूमिगत गर्ने कार्य, पुल तथा फ्लाइओभर निर्माण, निजी तथा सार्वजनिक भवनहरू निर्माणजस्ता पूर्वाधार विकासका काम तीव्र गतिमा भइरहेका छन्।
