SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

जबरजस्ती करणीको आरोपमा चन्द पक्राउ

सल्यान : सल्यानमा एक १४ बर्षीया किशोरीलाई जब्बरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक प्रौढ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा  दार्मा गाउँपालिका–४ लामाडाँडा बुगेनी बस्ने ५५ वर्षीय रूद्रबहादुर चन्दलाई सोमबार बिहान पक्राउ गरेको हो । रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।