SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

दोषीमाथि कारबाहीको माग गर्दै मध्य पहाडी राजमार्ग अवरुद्ध

सिन्धुली : यात्रुबाहक बसले ठक्कर दिँदा चालकसहित कार सुनकोसी नदीमा वेपत्ता भएपछि दोषीमाथि कारबाहीको माग गर्दै मध्य पहाडी राजमार्ग अवरुद्ध गरिएको छ । वेपत्ताका आफन्त र स्थानीयले मध्य पहाडी लोकमार्गअन्तरगत खुर्कोट–घुर्मी सडक खण्डको फिक्कल गाउँपालिका–२ नवलपुरमा मंगलबार बिहानदेखि राजमार्ग अवरुद्ध गराएका हुन ।राजमार्गमा रुख,ढुंगामुढा राख्नुका साथै स्थानीय टायर बालेर राजमार्ग अबरुद्ध गरेका छन् ।