SHARE
पर्दाफास · मङगलबार १९ साउन २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध खैरो हेरोइन, विभिन्न औषधीय लागू पदार्थ र नगदसहित चार जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले साउन १८ गते नागपोखरीस्थित प्रभात तिवारीको घर तथा बा ७ च ५१८० नम्बरको गाडी जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।