SHARE
पर्दाफास · मङगलबार १९ साउन २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।