SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

ग्यासका लागि घण्टौं लाइन

काठमाडौं : कैलालीको टीकापुर घर भई काठमाडौं बस्दै आएकी निर्मला कठायत तीन दिनदेखि खाना पकाउने ग्यासको खोजीमा थिइन्। तीन दिनसम्म खोज्दा पनि ग्यास नपाएपछि सोमबार नेपाल आयल निगमको टेकुस्थित डिपोबाट बल्ल सिलिन्डर भर्न सफल भइन्।भर्खर स्नातक चौथो वर्षको परीक्षा सकेकी उनी भन्छिन्, ‘आजसम्म यस्तो ग्यास अभाव कहिल्यै देखेकी थिइनँ। यसपटक भने तीन दिनसम्म ग्यास खोज्नुपर्‍यो। दुई दिन कोठा नजिक खोजें, पाइएन। आज निगमले ग्यास वितरण गर्ने भनेपछि टाढाबाट आएर लिएँ।