SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको दोस्रो दिन बिहानैदेखि खोजी जारी

सिन्धुली : तीव्र गतिमा रहेको बसले रोकिराखेका बेला ठक्कर दिँदा यात्रुसहित सुनकोसी नदीमा वेपत्ता कारको मंगलबार बिहानैदेखि खोजी कार्य थालिएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–२ नवलपुर सोमबार दिउँसो काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले बिपरित दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको  प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा तीन जना यात्रुसहित सुनकोसी नदीमा वेपत्ता भएका थिए ।