SHARE
पर्दाफास · मङगलबार १९ साउन २०८३ ०३:२२ AM · 1 मिनेट पढाइ

भ्रामक समाचार नफैलाउन र पुष्टि भएका तथ्य मात्र प्रकाशन गर्न पर्सा प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिका विरुद्धको कसुर सम्बन्धमा स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन–प्रसारण गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले सोमबार ध्यानाकर्षण गराउँदै सबै सञ्चारमाध्यमलाई आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न आग्रह गरे ।