SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

उक्साहट र अफवाहबाट जोगिँदै मधेस

जनकपुरधाम : मधेस यतिबेला हिंसात्मक घटनाका कारण त्रासदीमा छ।  पछिल्ला वर्षहरूमा विभिन्न राजनीतिक द्वन्द्व र प्रतिशोधहरूको सिकार मधेस बन्न पुग्यो। यहाँको विकास र समृद्धिलाई मतलब नै नगरी वैमनस्यको भूमिका रूपमा चित्रण गर्ने प्रयास भइरहेको छ। तर, यो सत्य होइन। अब मधेसले सद्भाव चाहेको छ, समृद्धि खोजेको छ, हार्दिकता चाहेको छ। यहाँका मानिसहरूले अवसर र सम्भावना चाहेका छन्।अन्नपूर्ण डायलगमा हामीले ‘मधेस मन्थनः सद्भावको संकल्प’ शृंखलाबद्ध रूपमा सुरु गरेका छौं।