SHARE
अन्नपूर्ण · मङगलबार १९ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

सुरुङमार्गको दोस्रो अध्याय

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आइसकेको छ। यसको निर्माणसँगै नेपाल सुरुङमार्गहरूको युगमा प्रवेश गरेको बताइँदै थियो। हो पनि नेपालमा अब एकपछि अर्काे सुरुङमार्ग निर्माण र निर्माण पूरा हुँदैछन्। निर्धारित समयमै काम पूरा भयो भने अब बुटवलबाट पोखरा पुग्ने राजमार्गमा अर्काे सुरुङमार्ग सञ्चालनमा आउँदैछ। आउँदो दसैंतिहारपछि सिद्धबाबा सुरुङमार्ग पनि सञ्चालनमा आउन सक्छ।नेपालका लागि पूर्वाधार विकासका क्षेत्रमा यो अर्काे सुखद घुम्ती हुँदै छ।