SHARE
पर्दाफास · सोमबार १८ साउन २०८३ ०४:३२ PM · 1 मिनेट पढाइ

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न समिति गठन गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशीलकुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापामगर सदस्य छन् ।