सुनसरीमा लगाइएको निषेधाज्ञा पूर्ण रूपमा हटाइयो
सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी रहेको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सोमबार जारी गरेको सूचनाअनुसार जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था सुधारोन्मुख रहेको निष्कर्षपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम यसअघि जिल्लाका विभिन्न स्थानमा लागू गरिएको निषेधाज्ञा हटाइएको हो।
