SHARE
अन्नपूर्ण · सोमबार १८ साउन २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

सामसुङ प्लाजाद्वारा कालिमाटीमा १६ औँ शोरुमको उद्घाटन

काठमाडौं : हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औँ शोरुम उद्घाटन गरेको छ। यस विस्तारसँगै सामसङ प्लाजाले आफ्नो खुद्रा बिक्री सञ्जाललाई थप विस्तार गर्दै यस क्षेत्रका ग्राहकहरूलाई सक्कली सामसङ उत्पादनहरू अझ नजिकबाट उपलब्ध गराएको छ।नयाँ शोरुमको औपचारिक उद्घाटन बिहान ११ बजे सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ यूके जङ र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा गरेका हुन्।