SHARE
पर्दाफास · सोमबार १८ साउन २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनले इतिहासबाट आवश्यक शिक्षा लिन नसक्दा अहिले संकट र रक्षात्मक अवस्थामा पुगेको बताएका छन् । २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले इतिहासको गौरवगान मात्र गरेर नहुने, त्यसबाट शिक्षा लिएर वर्तमानका चुनौती सामना गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।