SHARE
अन्नपूर्ण · सोमबार १८ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

सुनसरीलगायत जिल्लामा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ।संसदीय दलको बैठकले ती घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तीन युवाको मृत्यु र थुप्रै व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै भनेको छ, ‘घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग जोडदार माग गर्दछौं। भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै पक्षलाई हार्दिक अपिल गर्दछौं।