ब्रोड पिक घटनामा उठे अनेक प्रश्न, किन भएन आपतकालीन उद्धार?
काठमाडौं : पाकिस्तानको ब्रोड पिकमा निर्मल पुर्जासहितको टोली हिमपहिरोमा परेको सूचना ११ घण्टापछि मात्रै पाएको विषयमा आलोचना सुरू भएको छ। उनीहरूको आपतकालीन उद्धार पनि नभएको आरोप लगाइएको छ। आरोहणको अवधिमा सामान्यतः बेस क्याम्पमा रहेका कर्मचारीहरूसँग निरन्तर सम्पर्कमा रहने गरिन्छ। तर, उनीहरू हिमपहिरोमा परेको कुरा किन थाहा हुन नसकेको विषयमा सामाजिक सञ्जालमा प्रश्न उठेको हो। एक्स अकाउन्ट लुनरमा यस विषयको विस्तृत विवरण राखिएको छ।
