देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
काठमाडौं : नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रिजले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा देशभरबाट करिब २०० जना च्यानल पार्टनरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।हरेक वर्ष आयोजना हुने यस कार्यक्रमले कम्पनी र यसको डिलर नेटवर्क बीचको सहकार्यलाई अझ सुदृढ बनाउने, साझा उपलब्धिहरूको सम्मान गर्ने तथा आगामी रणनीतिक योजनाबारे जानकारी आदानप्रदान गर्ने उद्देश्य राखेको थियो।
